लेटाङमा जंगली हात्तीको आतङ्क
मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९, जाँतेमा गएराति जंगली हात्तीको आतङ्कले स्थानीय किसानको धानबाली र केराखेतीमा ठूलो क्षति पुर्याएको छ ।
करिब २४ वटा जंगली हात्तीले खेतीबालीमा आक्रमण गर्दा धेरै किसान चिन्तित भएका छन्। जंगली हात्तीले धानका बोटहरू लडाइदिएको र केराका बोटहरू भाँचिदिएको छ।
धान कटनीको समय नजिकै आउँदै गर्दा हात्तीको यस्तो आक्रमणले किसानहरू रातभर जाग्राम बसेको र हात्ती धपाउने प्रयास गरिरहेको बताएका छन्।


