झापामा धारिलो हतियार प्रहार गरि आफ्नै श्रीमतीको हत्या
झापा । झापाको अर्जुनधारा-३ मा एक व्यक्तिले धारिलो हतियारले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
अर्जुनधारा-३ स्थित कुम्भिटारका अन्दाजी ५० बर्षका बिरबहादुर चौहानले करिब ३५ बर्षकी श्रीमती मुना भुजेललाई धारिलो हतियार (बाम्फोक) प्रहार गरि घाँटी काटेर हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरि फरार रहेका चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्ट नेतृत्वको प्रहरी टोलिले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतक भुजेलको २ छोरा र २ छोरी रहेका छन् ।
घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

