ताप्लेजुङको मैवाखोलामा पौडी खेल्ने क्रममा हराएका दुई बालबालिकामध्ये एकको शव फेला
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-२, खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा हराएका दुई बालबालिकामध्ये एकको शव फेला परेको छ।
असोज १८ गतेदेखि हराइरहेकी १२ वर्षीया आइतरानी शेर्पाको शव आठराई त्रिवेणी गाउँपालिका-४, ओडारेस्थित मैवाखोला किनारमा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले दिएको जानकारी अनुसार, शेर्पाको शव फेला परेको छ भने ११ वर्षीय सन्देश बराइली अझै बेपत्ता छन्, र खोजी कार्य जारी छ।
आइतरानी, उनका दाजु कुसुले शेर्पा र सन्देश पौडी खेल्न मैवाखोलामा गएका थिए, तर खोलाले उनीहरूलाई बगाएको थियो। कुसुलेले भने पौडिएर आफ्नो ज्यान बचाउन सफल भएका थिए।


