कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर परिसरमा ६९ औं प्रहरी दिवस, श्रद्धाञ्जली समारोह सम्पन्न

विराटनगर, असोज २९ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर परिसरमा ६९ औं प्रहरी दिवस,२०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

असोज २९ गते आयोजित श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर प्रहरी अधिकृतहरु सहित प्रहरी कर्मचारीहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, पूर्व प्रहरी कर्मचारीहरु एवं अमर प्रहरीका परिवारजनहरु समेतबाट अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीहरु प्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।

श्रद्धाञ्जली समारोहमा कर्तब्य पालनाको सिलसिलामा गत बर्ष वीरगति प्राप्त गर्नु हुने मोरङ ग्रामथान गाउँपालिका-४ का स्वर्गीय प्रहरी हवल्दार पाण्डव कुमार माझीको श्रीमती सुनिता कुमारी माझी र सुनसरी धरान उप-महानगरपालिका-१७ का स्वर्गीय प्रहरी जवान सौगात थापाको आमा सीता थापालाई कार्यक्रमका प्रमुख अतिथि सापकोटा तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले दोसल्ला ओढाउनु भई नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त नगद सहित कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो भने नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी सचिव सृजना नेपाल दाहाल लगायत संघका अन्य पदाधिकारीहरुले उपस्थित अमर प्रहरीका परिवारजनहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सापकोटाले अमर प्रहरीको वलिदान अविस्मरणिय रहेको बताउँदै आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्राण उत्सर्ग गर्नु हुने साहसिक अमर प्रहरी तथा वीर सपुतहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै अग्रज तथा कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्राप्त गर्नु हुने अमर प्रहरीको योगदान सगर्व स्मरण गरिरहनु पर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।