प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न

बिराटनगर, असोज ३० गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज ३० गते विविध कार्यक्रमहरुको आयोजना गरी “६९ औ प्रहरी दिवस २०८१” भव्यताका साथ सम्पन्न भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा आयोजित विशेष कार्यक्रम कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यता एवं आन्तरीक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीको बिशेष आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी दिवसको अवसरमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई दिनु भएको शुभकामना सन्देश वाचन गर्नु भएको थियो भने उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा स्वागत मन्तव्य समेत राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले प्रहरी कार्यालयको लागि निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, प्रहरी कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरु तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बिधागत पुरस्कारका संस्थापकहरुलाई सम्मान गर्नु भएको थियो । साथै वहाँले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वाँहाले अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुका साथै दिवंगत परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्नु भयो ।

वहाँले साधन स्रोत तथा भौतिक संरचनाको अभावमा समेत जनताको जिउ धनको सुरक्षा तथा समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीले बिशिष्ट भुमिका निर्वाह गर्दै आएकोमा सम्पूर्ण प्रहरीहरुलाई सम्मान तथा आदरभाव प्रकट गर्नुका साथै आगामी दिनमा प्रहरीलाई श्रोत साधन सम्पन्न बनाउने प्रतिवद्धता जनाउनु भयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिला वल्लभ अधिकारीले प्रहरी दिवसको अवसरमा हरेक बर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको SEE तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई नगद तथा सम्मान-पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले कृतज्ञताको चिन्हो (टोकन अफ ग्राटिच्युट) प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि लगायत सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय लिलाबल्लभ अधिकारी, बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला तथा कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ शर्माले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जन प्रतिनिधिहरु, समाजसेवी, अमर प्रहरी परिवारजनहरु, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।