बिपी राजमार्गमा बढ्यो सवारी साधनको चाप
काठमाडौ । बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।
बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो ।
पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग असोज ११ र १२ गते भएको लगातारको वर्षासँगै रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त भएको थियो ।


