झापाको बिर्तामोडमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

झापा । म्याजिक गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापा प्रहरीका अनुसार मृत्यु हुनेमा ६५ वर्षका भारतीय नागरिक आसारुलाल पानवारी छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर-३ बिर्ताबजारस्थित बिर्तामोड-भद्रपुर सडकखण्डमा दुर्घटना भएको थियो ।

जसमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको गाडीले भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड नगरपालिका वडा नम्बर ३ शैनिकमोडमा डेरा गरी बस्ने पानवारीलाई बिहीबार अपराह्न ठक्कर दिएको थियो ।

बिर्तामोडको एक अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।