ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा दुर्गा प्रसाईँका ९ जना समर्थक जेल चलान

झापा । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँका ९ जना समर्थकलाई भारतीय ट्रक चालकको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको छ।

झापा जिल्ला अदालतमा उपस्थित गराई कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। जेल चलान भएकामा पीपुल्स डिफेन्स फ्रन्ट (पीडीएफ) का प्रमुख सदस्य भीम तुम्बापो लिम्बू, सुरेश चौधरी लगायत अन्य छन्।

यो घटना असोज ६ गतेको हो, जहाँ प्रसाईँका समर्थकहरूले दुई भारतीय ट्रकमा आगो लगाई ट्रक चालक पोदो रायलाई गम्भीर घाइते बनाएका थिए। रायलाई उपचारका लागि भारत लगिएको भए पनि असोज १९ गते उनको मृत्यु भएको थियो। यसपछि झापा प्रहरीले कर्तव्य ज्यानको मुद्दा दायर गरेको हो। प्रसाईँका समर्थकहरूले पेट्रोल बम प्रयोग गरी ट्रकमा आगो लगाएको आरोप छ।

रायको मृत्यु भएपछि उनका आफन्तहरूले काँकडभिट्टा नाकामा प्रदर्शन गरेका थिए। नेपाल र भारतीय अधिकारीहरूबीच समन्वयपछि शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको थियो।

यसअघि पनि दुर्गा प्रसाईँका समर्थकहरू विभिन्न अपराधमा संलग्न हुँदै आएका थिए, जसमा पीडीएफका केन्द्रीय अध्यक्ष मिलन लामा समेत पक्राउ परेका छन्।-रुटिन अफ झापा बन्द

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।