उदयपुर र मोरङबाट जुवा तास खेल्ने १३ जनाको समुह पक्राउ

विराटनगर, कार्तिक ०९ गते । उदयपुर र मोरङ जिल्लाबाट जुवा तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ८ गते दिउँसो उदयपुरको त्रियुगा नगरपालिका-९ स्थितमा रहेको बोईलर कुखुराको फर्ममा जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थाम त्रियुगा नगरपालिका-९ का ३७ बर्षीय राजु कार्की, त्रियुगा-१५ का ३४ बर्षीय बिजय राई, त्रियुगा-११ का ५० बर्षीय रबिन्द्र राई, त्रियुगा-१२ का ५३ बर्षीय बसन्त राई, त्रियुगा-१० का ४५ बर्षीय गेशराज राउत, त्रियुगा-१३ का ६२ बर्षीय पदम राई, रौतामाई-७ का ३४ बर्षीय कमल तामाङ, रौतामाई-७ का ३५ बर्षीय मनोज मगर र रौतामाई-५ का ४१ बर्षीय जय कुमार राईलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैयाँ र कौडा १६ थान समेत बरामद गरेको छ ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-९ स्थित कहरसिंह राजवंशीको घरमा जुवा तास खेलीरहेको अवस्थामा ५३ बर्षीय कहरसिंह राजवंशी, ४७ बर्षीय सुरेश प्रसाद साह, सुनवर्षी-६ का ३७ बर्षीय नित्यानन्द सुतिहार र रंगेली-७ का ४६ बर्षीय उमेश पौदारलाई नगद १ लाख ८२ हजार रुपैयाँ र ४ बुङ् तास सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।