कोशी प्रदेशमा रहेका प्रयोगबिहीन झोलुङ्गे पुललाई स्थानान्तरण गरिने

विराटनगर, ९ कार्तिक । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भने, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे पुलमा वन काँक्री फलिरहेको छ । त्यसलाई प्रयोगमा ल्याउन आवश्यक ठाउँमा सार्ने काम सुरु हुन्छ ।’

यस्त्रै मन्त्री राईले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका क्रोनिक योजनाहरू योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय पनि गरेका छन् । ‘क्रोनिक योजनाहरु निर्माण हुन किन सकेन भनेर योजनास्थलमै सर्वसाधरण, उपभोक्ता, निर्माण व्यवसायी, मन्त्रालय तथा पूर्वाधार कार्यालय त्यहाँ गएर छलफल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘उक्त योजना नबनाउने हो भने त्यहीँ ठेक्का तोड्ने र बनाउने हो भने काम नहुनुको कारण के हो ? स्थानीयको अवरोध हो कि ? निर्माण व्यवसायीले ठगेको हो कि ? भुक्तानीमा समस्या हो कि के हो भन्ने विषयमा जानकारी लिने काम हुन्छ ।’

यसैबीच बिहीबारदेखि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी पाएका मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै शैलजा आचार्य हृदय रोग उपचार केन्द्र र गंगालाल हृदय रोग अस्पतालबीच अस्पताल संचालनका लागि सम्झौता गर्ने निर्णय गरेको छ ।

‘संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलज्यूसँग पनि कुरा गरेर शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई संचालनका लागि गंगालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको हो,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।