सुन्दरहरैंचामा टिपरको ठक्करबाट स्कुटरमा सवार मृत्यु भएकी महिला धनकुटाकी,खुल्यो पहिचान

विराटनगर । मोरङमा बिहिबार दिउँसो सुन्दरहरैँचा नगरपालिका-१२ किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको थियो ।

पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२८प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३:४० बजेतिर ठक्कर दिएको थियो।

दुर्घटनामा परेर स्कुटर चालक धनकुटाको सहिदभूमि गाउंपालिका खोकु घर भइ हाल सुनसरीको धरान उपमहानगरपालिका–१५ बस्ने ४३ वर्षीया भीमा राई रहेको मोरङ प्रहरीले जनाएको छ।

टिपरले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले दिउँसो ४:३० बजेतिर मृत घोषित गरिदिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।