यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशको एक / दुई स्थानहरूमा हल्का वर्षा भईहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
देशका पहाडी भू-भागका एक / दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशका पहाडी भूभागका एक / दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


