इलाममा ट्रक भीरबाट खस्यो

इलाम । काठको गोलिया बोकेको ट्रक इलाममा दुर्घटना भएको छ । ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८ सय मिटर तल जोगमाई खोलामा खसेको हो ।

आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय १० को जोगमाई खोलास्थित फिक्कल–नाम्सालिङ कच्ची भित्री सडकखण्डमा मे. १ ख १९६६ नम्बर को काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो । ट्रक नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको थियो ।

ट्रक भिरबाट खसेर दुर्घटना हुँदा ट्रक चालक इलाम सूर्योदय ९ रम्पोक बस्ने अन्दाजी ३० वर्षीय अमर पौडेल र सहचालक माईजोगमाई ३ बस्ने अन्दाजी १९ वर्षीय सुबास थामी गम्भीर घाइते भएका छन् ।

दुवै घाइतेहरुलाई उद्दार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै जनाको अवस्था अचेत रहेको र ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।