फिदिममा नेपाली साङ्केतिक भाषाको तालिम सुरु
फिदिम । फिदिममा नेपाली साङ्केतिक भाषा सम्बन्धिको आधारभूत तालिम सुरु भएको छ । राष्ट्रिय बहिरा महासंघको आयोजनामा सुनाई सम्बन्धि आपाङ्गता भएका बहिरा तथा सुस्तश्रवण नागरिकहरुका लागि तालिम सुरु गरिएको हो ।
अपाङ्ग सेवा संघ पाँचथरको कार्यालयमा आयोजित तालिमको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लले गरेका हुन् । सुनाइ सम्बन्धि अपाङ्गता भएका बहिरा तथा सुस्तश्रवण नागरिकहरुका लागि सूचना तथा सञ्चारमा पहुँच पु¥याउने उद्धेस्यले तालिम आयोजा गरिएको हो ।
चार महिनासम्म सञ्चालन हुने तालिममा पाँचथरका सात वटा स्थानीय तहका १३ जना सुनाई सम्बन्धि अपाङ्गता भएका बहिरा तथा सुस्तश्रवण व्यक्तिहरुको सहभागिता रहेको छ । फिदिम नगरपालिका सहित फालेलुङ, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, मिक्लाजुङ र तुम्बेवा गाँउपालिकाबाट तालिममा सहभागि भएका छन् । तुम्बेवाबाट एक जना र अरु पालिकाबाट २ जनाको दरले सहभागिता जनाएका छन् ।
राष्ट्रि बहिरा महासंघका केन्द्रीय महासचिव तथा कोशी प्रदेशका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा सुरु भएको तालिमको सहजिकरण टिकाराम आचार्यले गर्नेछन् । सन्तोशी घिमिरेले उद्घाटन कार्यक्रममा दोभासेको काम गरेकी थिईन् ।
पाँचथरमा पहिलो पटक साङ्केतिक भाषा सम्बन्धिको आवासीय तालिम आयोजना गरिएको ओझाले जनकारी दिए । पाँचथरका स्थानीय तहहरुको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।


