झापामा एक व्यक्तिको शंकास्पद मृत्यु

झापा । झापा अर्जुनधारा–६ का एक व्यक्तिको मृत्यु शंकास्पद देखिएको छ।

अर्जुनधारा–६, मुखानी गाउँका फागुलाल चौधरीका ४२ वर्षीय जेठा छोरा, डम्बरलाल चौधरी, शंकास्पद मृत्यु भएको हो।

डम्बरलाल हिजो दिउँसो लगभग ३ बजे अर्जुनधारा–६, पुलचोकस्थित ठुले मुर्मूको घरमा गम्भीर अवस्थामा फेला परेका थिए।

उनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका काका पाण्डवलाल चौधरीले जानकारी दिए।

उनको मृत्यु विष सेवनका कारण भएको आशंका गरिएको छ। उनले आफैँले विष खाएको वा कसैले उनलाई विष खुवाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि प्रहरीले घरधनी मुर्मूलाई नियन्त्रणमा लिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।