विराटनगर १० नम्बर वडाद्वारा कर्मचारी सम्मानसँगै भवनको उद्घाटन

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।

वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत हुनुहुन्थ्यो । इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताउनुभयो । त्यस्तै सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गर्नुभएको थियो ।

वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासमा महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगरले योजनाबद्ध रुपमा कार्य गरिरहेको जानकारी दिनुभयो । हालै मात्रै वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर–४ दूधफारम दक्षिण अटिज्म सेवा केन्द्र स्थापना, ट्राफिक लाइटको जडान, रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले बरगाछी–रानी सौन्दर्यकरण जारी रहेको बताउँदै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित विराटनगर बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्नुभयो ।

त्यस्तै उपमेयर कार्कीले महानगरमा सबैभन्दा कम गुनासो वडा नम्बर १० बाट आउने गरेको बताउनुभयो । उहाँले तुलानात्मक रुपमा विराटनगरको वडा नम्बर १० विकसित, सफा र व्यवस्थित रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडासचिव चन्दानन्द यादव, वडा सदस्य देबु मण्डल, जसपा महानगर सचिव रामचन्द्र यादव, ब्रम्हाकुमारी राजयोगका तुलसीकुमार, मैथिली समाजका फूलकुमार देव, गणेश पुस्तकालयका ईश्वरीप्रसाद नेपाल, मानव सेवा आश्रमकी पार्वती तिवारी, विराट सेवा आश्रमका रामकृष्ण तिम्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।