सशस्त्रका जवानले गरे हिरासत कक्षमै आत्महत्या

काठमाडौ । दाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान रेवन पचभैया मगरले हिरासत कक्षमै आत्महत्या गरेका छन् ।

गत असोज २४ गते दाङको भालुवाङमा बालिका बलात्कारको आरोपमा पक्राउ परेका मगरले आज बिहान वडा प्रहरी कार्यालय घोराहीको हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका हुन ।

प्यूठानको बडडाँडा घर भएका उनी सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए ।

आरोपित पचभैयासहित अर्का एक जनालाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध दाङ–देउखुरी जिल्ला अदालतमा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।