यि हुन् धरानबाट पक्राउ परेका धनकुटाका दुई युवक

सुनसरी, कार्तिक १२ । सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन ।

कार्तिक ११ गते प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा को.३२ प १७५० नम्बरको मोटरसाईकलमा प्लाष्टिकको बोरामा प्याक गरी बोकेको अवस्थामा २० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न मोटरसाईकल चालक धनकुटा सागुरगढी-१ का ३२ बर्षीय बुद्धराज लिम्बु र पछाडि सवार ३० बर्षीय महा प्रसाद लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।