उर्लाबारी नगरपालिकाका नगरप्रमुख माथि नगरपालिका भित्रै कुटपिट ,एक जना पक्राउ
उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलमाथी हातपात भएको छ ।
खरेल माथि नगरपालिका परिसर भित्र नै कुटपिट भएको हो ।उनलाई हातपात गरेको अभियोगमा उर्लाबारी वडा नम्बर ७ का ४८ वर्षिय मिलन भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।भण्डारीले किन हातपात गरेका हुन खुल्न नसकेको इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ।
उनलाई अभद्र व्यवहार गरेको अभियोगमा भोलि मङलबार म्याद थप गरेर मुद्दा अगाडि बढाउने प्रहरीले बताएको छ।भण्डारी उर्लाबारी ७ का पुराना व्यवासायी हुन भने अहिले थेरापी सेवा प्रदान गर्दै आएका छन् । जानकार स्रोतका अनुसार नगरपालिका बाट विनियोजन भएको बजेट योगको नाममा नगर प्रमुख खरेलले मनोमानी गरेको भन्दै भण्डारी आक्रोशित भएको बुझिएको छ।यसबारे नगर प्रमुख सँग बुझ्न खोज्दा उहाँको फोन उठेन ।
नगरप्रमुख गत ७९ सालको स्थानीय तह निर्वाचनमा एमाले बाट निर्वाचित भएका हुन ।पछिल्लो समय उनको कार्य लाई लिएर जनतामा निराशा छाएको छ भने उनीमाथि नागरिकले पाटीको निर्णय लाई मान्ने र आफू निर्णय लिन नसक्ने भन्दै आरोप लगाउने गरेका छन् ।-सुन्दरहरैचा अपडेटबाट


