“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सम्झौता नविकरण, पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान

बिराटनगर, कार्तिक १४ गते । साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ ।

कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान-पत्रद्वारा सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गर्नु भएको थियो ।

“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. बिक्रम प्रसाद श्रेष्ठ र तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर विच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५/५ बर्षमा दुबै पक्ष बीच पुनः सम्झौता नबिकरण गर्ने सहमति अनुसार “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” को मिति २०८१ साल कार्तिक १४ गते सम्झौता नविकरण भएको हो ।

उक्त पुरस्कार कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरीता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।