इलाम र सुनसरीबाट जुवा तास खेल्ने १८ जनाको समुह पक्राउ

विराटनगर, कार्तिक १५ गते । इलाम र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने १८ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको इलाम नगरपालिका-७ स्थितमा कात्तिक १४ गते दिउँसो जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम -६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ बर्षीय रञ्जन बि.क., ४२ बर्षीय बिकास लिम्बु , ४० बर्षीय मणि कुमार प्रधान, ४१ बर्षीय मिनराज सुब्बा, इलाम-७ का २७ बर्षीय सुवास श्रेष्ठ, ३० बर्षीय अनिल श्रेष्ठ, इलाम-८ का ३३ बर्षीय देव कुमार राई, ३५ बर्षीय केशब सुबेदी, इलाम-६ का ४० बर्षीय सुन्दर परियार, इलाम-३ का २८ बर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३ सय ६० रुपैयाँ र १० बुङ तास समेत बरामद गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१ आदर्श मार्ग स्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा धरान-१ का ३१ बर्षीय प्रज्वल रेग्मी,३१ बर्षीय सबिन बस्नेत,२९ बर्षीय रवि चौधरी, ३५ बर्षीय प्रदिप सुवेदी, धरान-१६ का २९ बर्षीय आशिष प्रधान, धरान-१५ का ३२ बर्षीय अविशेक लिम्बु र धरान-१२ का ३६ बर्षीय रवि साहलाई नगद ४७ हजार २ सय र १ बुङ तास सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖