सुनसरीको बर्जुबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ
सुनसरी, कार्तिक १५ गते । सुनसरीको बर्जु गाँउपालिका-४ स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले बर्जु -४ का २० बर्षीय शंकर मण्डललाई २ सय ९५ किलो लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको थियो ।
लागुऔषध गाँजा सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


