धरानबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
विराटनगर, कात्तिक १६ गते । सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन्।
कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-५ का १८ बर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेकाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


