झापामा आफ्नै गोरुले हान्दा एक जनाको मृत्यु,एक घाइते
झापा । झापाको गौरादह-७ जामबारीमा ४८ वर्षीय कृष्ण शर्माको आफ्नै पालेको गोरुले हानेर मृत्यु भएको छ।
बुधबार साँझ खेतमा बाँधेको गोरु सार्ने क्रममा हानेपछि गम्भीर घाइते भएका उनलाई दमकको लाइफलाइन अस्पतालमा लगियो, जहाँ ढाडका सातवटा करङ भाँचिएको पुष्टि भयो। थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल लैजाँदा बिहीबार उनको मृत्यु भयो।
गोरुलाई समाउने क्रममा छिमेकी ४५ वर्षीय रविन राजवंशी पनि गम्भीर घाइते भएका छन् र उनको उपचार नोबेल अस्पतालमै भइरहेको छ।


