मोरङ र सुनसरीबाट जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ

विराटनगर, कार्तिक १७ गते । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका -६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्ट्रीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका- ६ का ६२ बर्षीय तिर्थराज अधिकारी,५८ बर्षीय झगरु चौधरी ,३१ बर्षीय ईन्देश सरदार, १९ बर्षीय गौरब कोईराला, ४३ वर्षिय बाल कृष्ण कोईराला, ५२ वर्षिय दिनेश पोखरेल, ४० वर्षिय अमित कार्की, ४२ वर्षिय सुमन बिश्वकर्मा, २८ वर्षिय जिवन तामाङ, ६२ वर्षिय गोपाल बहादुर चौहान, ४२ वर्षिय राजिव दुलाल, ५० वर्षिय श्रवण कुमार तामाङ, १८ वर्षिय युजिन कोईराला, ७९ वर्षिय उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षिय नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षिय भरत कटवाललाई नगद ५ लाख ६७ हजार ९ सय ३० रुपैयाँ र १६ (सोह्र) थान कौडा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।