झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर, कार्तिक १७ गते । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८ का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले चेकजाँचको क्रममा ना १ ज ६८४९ नम्बरको वीङगरमा सवार त्रियुगा नगरपालिका-६ का ३० बर्षीय राजु सदालाई निषेधित औषधी बुप्रिनोर्फिन- ३ एम्पुल, डाइजेपाम- ३ एम्पुल, फेनार्गन-३ , एस्पामो प्रोक्जिभोन- ८ ट्याबलेट र नाईट्राजेपाम- १० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी प्रहरी चौकी केवाबेसी संखुवासभाको टोलीले चेकजाँचको क्रममा धनकुटा देखी खादबारी तर्फ आउदै गरेको प्र.१-०२-००१ज ४५२५ नंम्बरको EV गाडीमा सवार संखुवासभा चैनपुर नगरपालिका- ९ का २४ वर्षिय सरोज खत्रीलाई TRAMOL50- ९ पिस र SPASPAIN- १० पिस सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।