बराहक्षेत्रबाट नौ लाख ६८ हजार नगदसहित १५ जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहा स्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु. नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।
अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ ।


