सुनसरीबाट जुवा तास खेल्ने १५ जनाको समुह पक्राउ

सुनसरी, कार्तिक १९ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समुहलाई पक्राउ गरेको छ ।

कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित जिवन कार्कीको घरमा जुवा तास खेलीरहेका ललितपुर सातदोबाटो का -४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उप-महानगरपालिका-१ का ५१ बर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ का २७ बर्षीय नारायण कार्की, ४१ बर्षीय उत्तम मगर, बराहक्षेत्र-३ का ३२ बर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई,२४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ का ४९ बर्षीय खड्ग बहादुर विष्ट, रामधुनि नगरपालिका-५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र -३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की-३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ का ४५ बर्षीय जीवन कार्की, हतुवागडी-७ का ३५ बर्षीय ज्ञान बहादुर राई, भोजपुर आमचोकका ४१ बर्षीय दुर्गाराज राइलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट नगद ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।