झापामा मोटरसाइकलको ठक्करबाट सडकमा खेलिरहेका ६ वर्षीय बालकको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका–५, चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट सडकमा खेलिरहेका ६ वर्षीय बालक सोहन पाठकको घटनास्थलमै मृत्यु भएको छ।
ठक्कर दिने सोही स्थानका चालक आजात आलम मोटरसाइकल छाडेर फरार भएका छन्, र उनको खोजी कार्य भइरहेको छ।


