ताप्लेजुङबाट फिदिम आउंदै गरेको मोटरसाइकल दुर्घटना

इलाम । ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गर्दा झापा मेचीनगर नगरपालिकाका चूडामणि चौलागाईं सडक दुर्घटनामा घाइते भएका छन् ।

हिजो दिउँसो २ बजे ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गर्दा मेचीनगर-६ बस्ने २८ वर्षीय चौलागाईंले चलाएको प्रदेश १–०१–०१५ प २६९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक चौलागाईं घाइते भएका छन् भने सोही मोटरसाइकलमा पछाडि बसेका उनका दाजु ४३ वर्षीय शिवहरि चौलागाईं सकुशल रहेका छन् ।

घाइतेलाई उपचारको लागि झापातर्फ ल्याइएको र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पाँचथरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।