कोशीमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर, कात्तिक २० गते । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कात्तिक १९ गते झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानिय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा प्रदेश१-०२-०४३ प ६६६२ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ४५ बर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा घाईते भएका उनलाई बिराट टिचिङ अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

सोहि दिन मोरङको रतुवामाई नगरपालिका-१० स्थित आमबारी-उर्लाबारी सडक खण्डमा उर्लाबारी तर्फ जाँदै गरेको ना.४ ख ४०१३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालक झापा कमल गाउँपालिका-५ का २८ बर्षीय संदेश गौतमको उपचारको क्रममा आर्या न्युरो अपस्तालमा मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक कन्काई-५ का २३ बर्षीय अजत मिया, इटहरी-२ का ४० बर्षीय राजन धमला र बस चालक मोरङ रतुवामाई नगरपालिका-६ का ३२ बर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।