झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ

विराटनगर, कार्तिक २१ गते । झापा, मोरङ, पाँचथर र उदयपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर, निषेधित औषधी र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २० गते झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-६ बसपार्क स्थितबाट इलाम चुलाचुली-५ का ४२ बर्षीय राजेन्द्र राईलाई ४ ग्राम ब्राउन सुगर सहित र मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१ का २७ बर्षीय पुकार तामाङलाई ६ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट कानेपोखरी-५ का २२ को युसन बि.क.लाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण व्युरो विराटगनरको टोलीले र रतुवामाइ नगरपालिका-१ स्थितबाट मोरङ मिक्लाजुङ-७ का १९ बर्षीय सरोज लिम्वु र २२ बर्षीय राज मगरलाई नाईट्राजेपाम १०० ट्यावलेट, ट्रामाडोल २०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ छ ।

त्यसै गरि उदयपुरको अस्थायी प्रहरी बिट आमबासीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ किलोग्राम गाँजा सहित को. ३८ प १८५ नम्वरको मोटरसाईकल र चालक बेलका नगरपालिका-६ का ३८ बर्षीय लोकेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित पक्राउ पेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖