पाँचथरमा आफ्नै सिकलले घाँटी रेटेर एक महिलाद्वारा आत्महत्याको प्रयास
पांचथर । पाँचथरको फाल्गुनन्द – ३ पौवासारातापकी ३६ वर्षीया धनमाया राई (नेम्बाड) ले आफ्नै सिकलले घाँटी रेटेर आत्महत्या प्रयास गरेकी छन्।
हिजो बिहान करिब १० बजे घरको भान्सामा काम गरिरहेकी बेला उनले सिकल प्रयोग गरी आफ्नो घाँटी रेटेकी हुन्।
गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इलाम पुऱ्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बिर्तामोडको बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ, जहाँ हाल उनको आईसीयूमा उपचार भइरहेको प्रहरीद्वारा जनाइएको छ।


