देउसी खेलेर क्यान्सर पीडितलाई सहयोग
झापा । झापा, बुद्धशान्ति-४ का युवाहरूले बुद्धशान्ति-४ का चार वर्षीय क्यान्सर पीडितलाई देउसी खेलेर जम्मा भएको रकम हस्तान्तरण गरेका छन्।
उनीहरूले देउसीबाट संकलन गरिएको रकम रमाइलो गर्नु, भ्रमण गर्नुको सट्टा हाम्रो समाजमा उपचार खर्चको अभावलाई मध्यनजर गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्।
तिहारमा देउसी खेलेर जम्मा भएको १० हजार ६ सय बीस रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको रोशन कटवालले जानकारी दिनुभयो।


