बिर्तामोडमा आगलागी
झापा । झापाको बिर्तामोड–८ प्याकुरेल चौकमा आगलागी भएको छ ।
शिवलाल गौतमको घरमा हिजो बेलुका आगलागी हुँदा करिब १० लाख बराबरको क्षति भएको छ।
आगलागीले भान्सा पूर्ण रूपमा नष्ट गरेको र भित्रका दुई ग्यास सिलिन्डर पड्किएका थिए। स्कुटर, चुलो, अन्य भाडावर्तन र घरको केही भाग पनि जलेको छ।
आगो निभाउन खोज्दा छिमेकी मोहन तिमल्सिना घाइते भए, तर उनलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।


