सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

झापा- झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्।

वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्।

यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन्।

यस्तै, वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।