मिडिया व्यवस्थापन सम्बन्धमा सञ्‍चार रजिष्ट्रारहरु सहित छलफल

काठमाडौं। प्रेस काउन्सिल नेपालमा सङ्घीयताको ढाँचामा मिडिया व्यवस्थापनलाई कसरी राम्रो बनाउने सम्बन्धमा छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बस्नेतले उपस्थित सबै निकायको साझा उद्देश्य भएकोले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो । काममा दोहोरोपना हुन नहुने बताउँदै मिडिया क्षेत्रको समग्र विकास र नियमनका लागि सबै नियकायहरूबिच समय समयमा छलफल भइरहनुपर्ने समेत बताउनुभयो ।

बागमती प्रदेश प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सङ्घीय संरचनामा स्थापित पहिलो सञ्चार रजिष्ट्रारको कार्यालय बागमती भएको हुँदा कामको थुप्रै अप्ठ्यारा आएको र त्यसको सुधार कसरी भयो भन्ने सम्बन्धमा बताउनुभयो । साथै मिडियाको सेवा प्रवाह र नियमनका सम्बन्धमा राष्ट्रिय आमसञ्चार मापदण्ड हुनुपर्ने र सोही आधारमा प्रदेश रजिष्ट्रारहरूले पनि कानुन बनाइ लागु गर्नुपर्ने बताउनुभयो । यसो गर्दा सबै प्रदेशमा काममा एकरुपता आउने समेत बताउनुभयो । यसका लागि सङ्घीय निकायले एउटा सफ्टवेयर बनाइ नियमन गर्ने र प्रदेश सञ्चार रजिष्ट्रारले सोहीमार्फत सेवा प्रवाह गरे राज्यले समेत मिडियाको सम्बन्धमा सधैँ अपटुडेट हुने अवस्था रहने बताउनुभयो ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्‍चार रजिष्ट्रार गण्डकीको नियमावलीहरू बन्दै गरेको र यसका लागि सम्बन्ध सबै निकायबाट सुझावको आशा गरेको बताउनुभयो । साथै, सबै निकायको साझा उद्देश्य मिडियाको विकास नै भएकोले सबैले मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सुचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले न्युज एजेन्सीहरूको व्यवस्थापन तथा नियमनका लागि समेत कानुनी रूपमा सम्बोधन गर्न जरुरी भएको बताउनुभयो ।

सञ्‍चार रजिष्ट्रारको कार्य प्रक्रियाको सम्बन्धमा बुझ्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आगामी दिनहरूमा समेत छलफल आयोजना गर्न समन्वय गर्ने बताउनुभयो। मिडिया सम्बन्ध निकायहरूको तथ्याङ्क आदानप्रदान र छलफल कम्तिमा दुई महिनामा एकपटक गर्ने व्यवस्था मिलाउने समेत बताउनुभयो ।

सुचना तथा प्रसारण विभाग र सञ्चार रजिष्ट्रारहरुमा दर्ता नवीकरण भइ सूचीकरण÷नवीकरण गर्न प्रेस काउन्सिलमा आएका अनलाइन मिडियाहरूको सम्बन्धमा देखिएका समस्या र समाधान विषयमा काउन्सिलको तर्फबाट सुझाव दिइएको थियो ।

छलफलले मिडिया क्षेत्रको विकास र व्यवस्थापनका सम्बन्धमा सम्पूर्ण सरोकारवाला नियकाय र मिडियाहरूसमेतको उपस्थितिमा बृहत् छलफल आयोजना गर्ने निर्णयसमेत गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको यस छलफलमा सुचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, सञ्चार रजिष्ट्रार (बागमती) रेवतीप्रसाद सापकोटा, सञ्चार रजिष्ट्रार (गण्डकी) बिमला भण्डारी, काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा र शाखा अधिकृत सुवास राईलगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।