झापाको एक क्लिनिकको शौचालयमा मृत शिशु फेला
झापा । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ ।
कसैले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गर्दै महिलाको खोजी शुरु गरिएको छ ।
आज दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो ।-सुन्दरहरैचा अपडेट


