धरानबाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

सुनसरी, २०८१ कार्तिक २६ गते । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ ।

हिजो राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।