मोरङको सुनबर्सीबाट अवैध बिषादी बरामद
मोरङ, कार्तिक २६ गते । मोरङको सुनबर्सी नगरपालिका-६ र ९ स्थितबाट भारतवाट अबैध रुपमा ल्याई लुकाइ छिपाई ल्याई राखेको अवस्थामा खेतमा प्रयोग गर्ने बिषादी प्रहरीले वरामद गरेको छ ।
प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरी टोलीले कार्तिक २५ गते सुनबर्षी-९ स्थित डाइनिया बसपार्कको निर्माणाधिन भवनमा लुकाइ छिपाई ल्याई राखेको अवस्थामा CHLOR PYRLPHOS 10% GRANULES THINET10-G नामक बिषादी ५५० किलोग्राम (११ बोरा) र कार्तिक २६ गते सुनबर्सी-६ खिर्कीडाँगी स्थितबाट ५८३ किलोग्राम (१२ बोरा) बरामद गरेको छ ।
बरामद गरिएको उक्त बिषादी सम्वन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।


