विराटनगरमा घरको छतबाट लडेर कानुन व्यवसायीको मृत्यु
विराटनगर । विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ ।
वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर आइतबार दिउँसो फुयाँल गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा मंगलबार बिहानका राति १२:३५ बजेतिर मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले जानकारी दिए ।
फुयाँलको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।-सुन्दरहरैचा अपडेट


