झापा र मोरङबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, कार्तिक २८ गते । झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका-१० का २८ बर्षीय उत्सव पौडेल, काठमाण्डौ टोखा नगरपालिका-३ का ४० बर्षीय अर्जुन राज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका-५ का २१ बर्षीय रमोध राय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरी धरान-१४ का २४ बर्षीय सुशिल भुजेललाई निषेधि औषधी लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६ एम्पुल सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका-१ का ४१ बर्षीय गोपाल कुमार राजबंशीलाई ५ किलोग्रा गाँजा सहित र बिराटनगर-४का ६२ बर्षीय सहरुद्दिन मियाँलाई ३ किलोग्राम गाँजा सहित उनिहरुको घरबाटै पक्राउ गरेको छ ।

लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।