मोटरसाइकल चोर्ने इलामका एक ब्यक्ति पक्राउ

झापा, कात्तिक २९ । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ ।

दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् ।

मंगलवार बिहान अन्दाजी १०ः३० बजे वाल्मीकि स्कुल अगाडिबाट मे. ६ प २८६७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको थियो ।

वाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुलअगाडि राखेको सो मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै उनले त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।

मोटरसाइकल खोजी गर्ने क्रममा हिजो साँझ ५ः३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई ६ बस्ने २४ वर्षीय मनिष गिरीलाई पक्राउ गरेको हो ।

गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।