झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

विराटनगर, कात्तिक २९ गते । झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले कात्तिक २८ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितबाट शिवसताक्षी नगरपालिका-११ का २२ बर्षीय रोशन दंगाललाई ४ ग्राम ५ सय ३० मिलिग्राम सहित पक्राउ गरेको हो भने ईलाम फाकफोकथुम गाँउपालिका-१ ठिङ्गेपुरका २७ वर्षिय बिशाल मगर १ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ परेका हुन् ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट कात्तिक २८ गते साँझ चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितबाट ज.९प ३८०२ नम्बरको मोटरसाईकलका चालक त्रियुगा- ४ बगाहाका २४ बर्षीय सागर मगर र मोटरसाईकल पछाडी सवार २२ बर्षीय सौगात राईको साथबाट प्रतिवन्धित लागु औषध १५ एम्पुल फेलापारी नियन्त्रणमा लिएको हो ।

यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको प्रहरी टोलीले कात्तिक २८ गते बेलुकी इटहरी उपमहानगरपालिका-५ का २७ बर्षीय बिष्णु चौधरीलाई १ ग्राम ६ मिलीग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।