कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन.ग्रुफ अफ कम्पनी विच सम्झौता नबिकरण

बिराटनगर, कार्तिक २९ गते । खेलकुदको बिकास र प्रबर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेड विच सम्झौता नविकरण भएको छ ।

कार्तिक २९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको सम्झौता नविकरण कार्यक्रममा कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेडको तर्फबाट प्रोप्राईटर दिपक काफ्लेले सम्झौता नविकरण पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद प्रशिक्षक एंव खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामाग्रीहरु र खेलाडीहरुको लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको प्रायोजनका निमित्त डि.एन.ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेडले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई उपलब्ध गराउदै आएकोमा यस बर्षका लागि ५ लाख ५० हजार रकम उपलव्ध गराउने सम्झौता भए अनुसार कम्पनीका प्रोप्राईटर दिपक काफ्लेले प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा कम्पनीका प्रोपाईटर दिपक काफ्लेले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई निरन्तररुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो भने उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सहयोग गर्नु हुने डि.एन.ग्रुफ अफ कम्पनीलाई हार्दिक आभार व्यक्त गर्नुका साथै यो सहयोगले खेलाडीहरुमा थप हौशला प्रदान हुने र आगामी दिनहरुमा उच्च मनोवलका साथ खेलमा प्रदर्शन गरी आफ्नो र संगठनको छवि उच्च बनाउनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

उक्त सम्झौता गत बर्ष कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटगरका तत्कालिन प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीको पहलमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका तत्कालिन प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सम्झौता गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।