झापाको मेचीनगरमा जीवित नवजात शिशु फेला
झापा । झापाको मेचीनगरमा नांगै जीवित नवजात शिशु फेला परेको छ ।
आज बिहान अन्दाजी ६ः३० बजे जिल्लाको मेचीनगर वडा नं. १० स्थित निन्दा खोलानजिकै एक घारीमा सालनालसहितको नांगै नवजात शिशु (बालिका)लाई कमिलाले टोकिरहेको रक्ताम्य अवस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पारेकी थिइन्।
अधिकारीले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई दिउँसो १ बजे जिम्मा बुझाएकी थिइन्।
शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं. १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्मा बुझाइएको प्रहरी उपरीक्षक मिलन केसीले बताएका छन्।
सो घटनामा थप अनुसन्धान कार्य जारी रहेको छ।-स्रोत : रुटिन अफ झापा बन्द


