धनकुटा र भोजपुरमा अवैध गाँजा खेती फडानी गरी नष्ट

बिराटनगर, मंसिर १ गते । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव २२ रोपनी पाखा बारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।