तीन दिन देखि बेपत्ता ६५ वर्षीय खत्री मृत अवस्थामा फेला
झापा । तीन दिनअघि हराएका झापा गाउँपालिकाका ६५ वर्षीय स्थानीय गणेशबहादुर खत्री मृत अवस्थामा फेला परेका छन्।
खत्रीलाई आज बिहान झापा–१ सुरुघुट्टुस्थित ठुलोमाई खोलामा डुबेको अवस्थामा फेला पारिएको प्रहरी स्रोतले जनाएको छ।
कात्तिक २८ गते बिहान ११ बजे घरबाट हराएका खत्रीलाई आफन्तले व्यापक खोजी गरे पनि नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको थियो।


