धरान सरोकार समाजद्वारा बेलायतका लागि नियुक्त राजदुत घिमिरेलाई बधाई तथा शुभकामना

काठमाडौ । बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई आज काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।

पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिनु भएको थियो । उहाँले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु भएको थियो । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिनु भयो । त्यस्तै आफुले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साको लागि प्रयास गर्न पनि सुझाउनु भएको थियो ।

कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष महेश कुमार अग्रवालले बेलायतले हाम्रो छिमेकी भारतमा राज गरेको विगत छ, जसको हामीसँग पुरानो सम्बन्ध रहेको पनि छ, त्यस्तो देशमा जान लाग्नु भएकोमा शुभकामना व्यक्त गर्नु भयो ।

पूर्व मन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफुलाई सिफारिस गर्ने दल, समुह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्नै शुभकामना दिनु भयो । उहाँले त्यसो गर्न सके हामी अझ बढी गौरवान्वित हुने बताउनु भयो ।

कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भुपेन्द्र कार्की, नारायण श्रेष्ठ आदिले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

धरान सरोकार समाजका सदस्य एवम् पूर्व एआईजी सन्दीप भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त राजदुत चन्द्र घिमिरेले आएका सुझावहरुलाई आफुले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताउनु भयो । यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दुतका रुपमा काम गर्दाका अनुभवहरुलाई राजदुतका रुपमा उपयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा उहाँ भावुक हुँदै काठमाण्डौमा रहेका धरानेहरु विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत हुन अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्ने सबैले काठमाण्डौका सबै धरानेहरु धरान सरोकार समाजकै छातामुनि एकताबद्ध हुन सुझाव दिनु भयो ।

धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदुतका रुपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरु नै गौरवान्वित भएको बताउनु भयो । उहाँले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।