मोरङ र झापामा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर, मंसिर २ गते । मोरङ र झापामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मंसिर १ गते दिउँसो साढे २ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका-२ स्थित पूर्व पश्चिम लोकमार्गमा बागमती प्र.३-००१ ख२९२८ नम्बरको टिफरले को. २० प ६०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकलमा सवार पथरीशनिश्चरे-७ का १८ बर्षीय निश्चल आङदेम्बे र पथरीशनिश्चरे-२ का ४८ बर्षीय प्रितम गौतम गम्भिर घाईते भई उपचारको लागि मदन भण्डारी तथा ट्रमा सेन्टर मंगलबारे उर्लाबारी लगिएकोमा अस्पतल पुर्‍याउनासाथ दुवै जनाको मृत्यु भएको हो ।

सोही दिन बेलुका झापाको बिर्तामोड नगरपालिका-२ स्थित पूर्व पश्चिम लोकमार्गमा ना.३ ख ४३६४ नम्बरको ट्रकले मे. १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी स्कुटर चालक शिवसताक्षी नगरपालिका-७ का २२ की रोजी कटुवालको उपचारको क्रममा BNC अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका टिफरका चालक सुन्दरहरैचा मोरङका ३५ बर्षीय सुरेश राई र ट्रक चालक झापा अर्जुनधारा का ५२ बर्षीय राज कुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई कानुनि कारवाही तथा आवश्यक अनुसन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।